Aloi ले यस कार्यक्रममा दुई पाङ्ग्रे सवारीमा महिलाहरुलाई सशक्त बनाउने उद्देश्य राखेको छ। यसमा महिला सहभागीहरुलाई आवश्यक सीप र रोजगारीको अवसरहरू प्रदान गर्नका साथै सहुलियत ब्याजदरमा SAJILO कर्जा उपलब्ध गराउँछौं। कार्यक्रमका विवरण र मापदण्डहरू निम्न छन्। यदि तपाईलाई हाम्रो कार्यक्रम बुझ्नमा कुनै समस्या भएमा, कृपया हामीलाई सम्पर्क गर्नुहोला: +९७७ ९७०४५५४२१६
महिला सवारी कार्यक्रममा को-को सहभागी हुन सक्छन्?
- रोजगारीमा जान चाहने तर सवारी चलाउन नजान्ने वा पूँजीको पहुँच नभएका महिला
- NGO जस्ता संग्स्था मा आबद्ध भएका महिला
- यातायात जस्ता क्षेत्रमा व्यवसाय सुरु गर्न इच्छुक महिला, जहाँ सवारी चलाउने सीप र पूँजी आवश्यक हुन्छ
- पढाई र तालिममा संलग्न महिलाहरू
- मार्केटिङ र सेल्स जस्तामा करियर अघि बढाउन चाहने महिला
कार्यक्रम तीन चरणमा विभाजित छ:
पहिलो चरण: तालिम कर्जा
पहिलो चरणमा, हामी इच्छुक महिलाहरुलाई उहाहारूको ड्राइभिङ तालिम, लाइसेन्सको खर्च, र ट्रायल खर्चका लागि कर्जा प्रदान गर्न वित्तीय संस्थाहरूसँग जोड्नेछौं।
पहिलो दुई महिना अनुग्रह अवधि हुनेछ, जहाँ ऋणीले ब्याजको रकम मात्र भुक्तानी गर्नुपर्नेछ। पूर्ण कर्जाको भुक्तानी भने रोजगार सुरु गरेको दुई महिना पछि सुरु हुनेछ। कर्जाको भुक्तानी अवधि १ वर्षको लागि मान्य हुनेछ, र उनीहरूको सुविधाअनुसार दैनिक, साप्ताहिक वा मासिक आधारमा भुक्तानी गर्न सकिन्छ।
पहिलो चरणको तालिममा यी कुराहरू समावेश छन :
- लिखित र ट्रायल परीक्षाको तयारी
- गियर, र ट्राफिक नियम सम्बन्धी तालिम
- सवारी साधनको मर्मत सम्बन्धी तालिम
- सडकमा तालिम
- ट्रायल परीक्षाहरू बीच सवारी तालिम
- ज्ञान परीक्षण
दोस्रो चरण: भाडामा लिने र रोजगार
तालिम प्राप्त महिलाले लाइसेन्स पाएपछि, सहभागीहरूले Aloi वा हाम्रा पार्टनर कम्पनी हरु जस्तै (Niu, Segway, Komaki, Yadea, Super Soco, Ryan Energy आदि) बाट इलेक्ट्रिक स्कूटर भाडामा लिन सक्छन्। उनीहरूले हाम्रा पार्टनर लजिस्टिक्स कम्पनीहरू (Foodmandu, BhojDeals, Upaya, Pick N Drop, Khaanpin, आदि) मा स्थिर तलबमा काम गर्न सक्नेछन्, र अतिरिक्त आम्दानीका लागि राइड-शेयरिङ पनि गर्न सक्नेछन्। यस चरणमा, हामी महिलाहरूलाई आफ्नै स्कूटर किन्नको लागि डाउन पेमेण्ट बचत गर्न प्रोत्साहित गर्छौं। हामी आत्मनिर्भर महिलाहरूलाई आफ्नै स्थिर आम्दानीसहित देख्न चाहन्छौं।
तेस्रो चरण: इलेक्ट्रिक सवारी (EV) कर्जामा पहुँच
डाउन पेमेंट बचत गरेपछि, Aloi सहभागीहरुलाई बैंकहरूबाट इलेक्ट्रिक स्कूटर खरीद गर्न कर्जा प्राप्त गर्न मद्दत गर्नेछ। Aloi ले सहभागीहरुलाई इलेक्ट्रिक सवारी साधनहरूमा ठूलो प्रावधान दिनेछ
महिला सवारी तालिम कार्यक्रमबाट के अपेक्षा गर्न सकिन्छ?
- इलेक्ट्रिक दुई पाङ्ग्रे सवारीको लागि सवारी तालिम प्राप्त गर्ने महिलाहरूलाई यी सवारी साधनहरू सञ्चालन गर्न आवश्यक सीप प्राप्त हुनेछ, जसले उनीहरूको सवारी स्वतन्त्रता बढाउनेछ।
- कर्जा सुविधामा पहुँचले महिलाहरूलाई आफ्नै इलेक्ट्रिक स्कूटर किन्न सक्षम बनाउनेछ, जसले उनीहरूलाई आवतजावत गर्न र आम्दानी गर्न सहयोग गर्नेछ, र आर्थिक सशक्तिकरण प्राप्त गर्नेछ।
- इलेक्ट्रिक स्कूटरको प्रवर्द्धनले कार्बन उत्सर्जन र वायु प्रदूषण घटाउनेछ, जसले दिगो यातायात प्रणालीलाई सहयोग गर्नेछ।
- लजिस्टिक्समा महिला सहभागिताको वृद्धि हुनु भनेको महिलाले यस क्षेत्रमा पनि उत्कृष्ट गर्न सक्छन् भन्ने प्रमाणित गर्नु हो, साथै इलेक्ट्रिक सवारी साधनको स्वीकृतिलाई प्रवर्द्धन गरेर, लजिस्टिक्स कम्पनीहरूलाई लागत घटाउन र स्वस्थ वातावरणलाई समर्थन गर्न मद्दत गर्नेछ।
थप जानकारीको लागि, कृपया संपर्क गर्नुहोस्: सुरभि मिश्रा (surbhi@aloi.global) या +९७७ ९७०४५५४२१६/ +९७७ ९८१८०५०६६२